एमसीसीविरुद्ध निरन्तर प्रदर्शन, सत्तारुढ दलकै कार्यकर्ता पनि सडकमा

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदबाट जसरी पनि अनुमोदन गराउने कोसिसमा लागेपछि त्यसविरुद्ध आन्दोलन चर्किंदै गएको छ । 

सत्तागठबन्धन दलकै भातृसंगठनहरु पनि सडकमा उत्रिएका छन् । शुक्रबार पनि विभिन्न राजनीतिक दल र अभियन्ताहरुले काठमाडौँको नयाँ वानेश्वरमा सशक्त विरोध प्रदर्शन गरे ।

एमसीसीको विरुद्धमा आन्दोलनरत छ दलीय मोर्चा, नेपाल पजदुर किसान पार्टी र सत्तारुढ नेकपा माओवादी केन्द्र तथा नेकपा (एकीकृत समाजवादी) निकट युवा तथा विद्यार्थी संगठनहरुले शुक्रबार पनि काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन् । 

नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलले विरारोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले नाराबाजी गर्दै निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो । प्रदर्शनकारीले संसदभवनको चारैतिर धर्ना दिएका थिए ।

सरकारले एमसीसी संसदमा पेश गर्ने तयारी गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । एमसीसी परियोजनाका प्रावधानहरु राष्ट्रहित विपरित रहेकोले कुनैपनि हालतमा पास हुन नहुने उनीहरुले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद बैठकबाट जसरी पनि अनुमोदन गराउने कोसिस गरेपछि त्यसविरुद्ध आन्दोलन चर्किंदै आएको छ । यथायिस्थीतिमा एमसीसी पास गर्न नहुनेको संख्या बढीरहदा टेबल गर्न खोजे शशक्त प्रतिवादमा उत्रने चेतावनीसमेत उनीहरुले दिएका छन् ।

Leave A Reply

Your email address will not be published.