एमसीसीबारे अमेरिकाले नेपाललाई दबाब दिएको भन्दै चीनको विरोध

0

काठमाडौं : नेपालमा एमसीसीको विषयमा विवाद भइरहेको बेला चीनले अमेरिकी दबाब भन्दै विरोध गरेको छ ।

अमेरिकाले नेपालमा ‘बलजफ्ती कूटनीति’ गरेको भन्दै चीनले विरोध गरेको हो । एमसीसी अनुमोदन नभए चिनियाँ हस्तक्षेप भएको हुन सक्ने अमेरिकी आरोपको चीनले खण्डन गरेको हो । 

अमेरिकाले नेपालमा बलजफ्ती एमसीसी अनुमोदन गराउन दिएको दबाबलाई चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिङले आफूहरू ‘बलजफ्ती कूटनीति’को विपक्षमा रहेको बताएका छन् ।

उनले नेपालको असल छिमेकी र विकास साझेदारका रुपमा चीन रहेको बताएका छन् । विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिङले चीन नेपाली जनताले आफ्नो देशको हित अनुकूलको निर्णयलाई साथ दिने बताए । 

अमेरिकाले आफ्नो सहयोग परियोजना एमसीसी अनुमोदनका लागि २८ फेब्रुअरी अर्थात् १६ फागुनसम्म समय दिएको छ । तर, दलहरूबीच सहमति जुट्न नसकेपछि २७ माघमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्रीसहितका नेताहरुलाई दबाब दिएका थिए ।

Leave A Reply

Your email address will not be published.