राष्ट्रियता बिनाको प्रजातन्त्र आकाशमा महल बनाएको जस्तो : पूर्वराजा शाह

0

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय प्रजातन्त्रको नाममा गलत अभ्यासहरु भइरहेको बताएका छन् । 

७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आज शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुर्‍याएको र जनतालाई निराशाको दहमा डुबउँदै लगेको उल्लेख गरेका छन् । 

जनताद्वारा जनहितका निम्ति हूने शासकीय सूप्रवन्ध नै सहि प्रजातान्त्रिक प्रणाली भएको उल्लेख गर्दै पूर्वराजा शाहले राष्ट्रियता विनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुने टिप्पणी गरेका छन् । 

अहिलेको अवस्था आउनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्ने बारे समीक्षा गर्न सबै नेपाली तयार हुनुपर्ने पनि पूर्वराजा शाहले उल्लेख गरेका छन् । 

प्रजातन्त्र कसैबाट निर्देशित र नियन्त्रित हुनु नहुने भन्दै पूर्वराजा शाहले सरकार, संसद, न्यायालय र निर्वाचन प्रणालीमाथि पनि प्रश्न उठाएका छन् ।

Leave A Reply

Your email address will not be published.