प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूचीमा परेन एमसीसी

0

काठमाडौं : प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो एक बजेका लागि बैठक बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची छ ।

शुक्रबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी विधयेक टेबुल गर्ने चर्चा छ । तर, संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन ।

संसद् बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूचिलाई अन्तिम रुप दिनेछ ।

लामो समयदेखि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.