‘रुसी सैनिक फिर्ता हुन थालेको कुनै संकेत भेटिएन’

0

एजेन्सी : सैन्य गठबन्धन नेटोले युक्रेनको सीमा नजिकबाट रुसी सैनिक फिर्ता हुन थालेको कुनै संकेत नभेटिएको जनाएको छ । नेटोका महासचिव जेन्स स्तोल्टेनबर्गले रुसले आफ्ना केही सैनिक सीमा क्षेत्रबाट फिर्ता बोलाइएको दाबी गरे पनि त्यस्तो अवस्था नदेखिएको बताएका हुन् ।

नेटो महासचिव जेन्सले रुसले अझै पनि ठूलो संख्यामा आफ्ना सैनिक युक्रेनमाथि आक्रमण गर्न तयारी अवस्थामा राखेको बताएका छन् ।

उनले नेटोले पूर्वी क्षेत्रमा आफ्नो उपस्थिति थप बलियो बनाउनेबारे सोचिरहेको बताएका छन् ।

यता रुसले भने अवस्थाका सम्बन्धमा जेन्सको विश्लेषण अस्वीकार गरेको छ । रुसले आफ्ना केही सैनिक सीमा क्षेत्रबाट फिर्ता भएको दाबी कायम राखेका छन् ।

युक्रेनलाई लिएर उत्पन्न तनाव अन्त्यका लागि कूटनीतिक प्रयास जारी छ ।

Leave A Reply

Your email address will not be published.