सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसीबारे सहमति नजुटे गठबन्धन टुट्ने सम्भावना

0

काठमाडौं : एमसीसीबारे सहमति खोज्न सत्ता साझेदार दलको बैठक बिहीबार बस्दैछ । एमसीसी विधयेक संसदमा टेवुल गर्ने बुधबारको निर्धारित कार्यतालिका स्थगित गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार दिउँसो तीन बजेका लागि बैठक बोलाएका हुन् । 

बुधबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलपछि बिहीबारको बैठक तय गरिएको हो । 

बैठकमा एमसीसी संसदमा टेबुल गर्ने विषयमा सहमतिको खोजी हुनेछ । सहमति नजुटेपनि प्रधानमन्त्री देउवा विधयेक टेबुल गर्ने पक्षमा रहेका छन् । 

माओवादी केन्द्रले भने सरकारले एकलौटी रुपमा विधयेक टेबुल गरे सरकारबाट बाहिरिने बताएको छ । 

सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस बाहेक सबै दल एमसीसीलाई यथास्थितीमा पास गर्न नहुने पक्षमा रहेकाले आजको बैठकले गठबन्धनको भविष्यसमेत निर्धारण गर्नेछ । 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबारको संसद् बैठकमा एमसीसी टेबल गर्ने बताइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.