स्थानीय निर्वाचन : आयोगद्वारा दल दर्ताको आह्वान, ११ दिनको समय

0

काठमाडौं : आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता खुला भएको छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा सहभागी हुने राजनीतिक पार्टीले आजदेखि फागुन १५ गतेसम्म दल दर्ता गराउन आग्रह गरेको हो ।

बिहीबारदेखि लागू हुनेगरी ११ दिनको समय दिएर दल दर्ताका लागि आयोगले सूचना जारी गरेको हो । स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहने दलले आफ्नो दर्ता गर्नुपर्नेछ ।

निवेदन दिदा यसभन्दा अघिको स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिन्हको सट्ट अर्को निर्वाचन चिन्ह लिन चाहने दलले आफूले प्राप्त गर्न चाहनेको तीन वटा निर्वाचन चिन्ह प्राथमिकता क्रम अनुसार उल्लेख गर्नुपर्नेछ । आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन् ।

Leave A Reply

Your email address will not be published.