एमसीसीविरुद्ध विरोध प्रदर्शन : प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा बानेश्वर क्षेत्र तनावग्रस्त

0

काठमाडौं : एमसीसीविरुद्ध प्रर्दशनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंको नयाँबानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

एमसीसी संसदमा टेवल नगर्न दबाब दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका भ्रातृ संगठनहरु सहितका प्रर्दशनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले त्यसलाई रोक्न पानीको फोहोरा र अश्रुग्यास समेत प्रयोग गर्नु परेको थियो । 

त्यस क्रममा प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा केहीबेर सो क्षेत्र तनावग्रस्त बन्न गएको हो ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र नागरिक समाजका अगुवाहरुको समेत उपस्थितिमा विरोध प्रदर्शन भएको हो । 

प्रदर्शनमा सहभागी वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले एमसीसी नेपालको हीतमा नभएको दाबी गरे । उनले एमसीसीले नेपालको भौगोलिक अखण्डतामाथि पनि चुनौती थप्ने बताए ।

अधिवक्ता भण्डारीले एमसीसीमा नेपालीहरुका लागि अकल्पनीय कानूनी प्रणाली समावेश गरिएको भन्दै त्यो कुरा कोही पनि नेपालीका लागि सैह्य नहुने चेतावनी दिए ।

Leave A Reply

Your email address will not be published.