साहित्यकार तारानाथ शर्माको निधन

0

काठमाडौं : लोकप्रिय साहित्यकार डाक्टर तारानाथ शर्माको ८७ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । 

लामो समयदेखि डिमेन्सिया रोगबाट ग्रसित शर्माको मंगलबार विहान काठमाडौंमा निधन भएको हो । शर्मामा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको समस्या थियो । 

शर्माका दुई छोरा र श्रीमती रहेका छन् । शर्माको जन्म १९९१ असार नौ गते इलामको बरबोटेमा भएको थियो । 

शर्माका ‘बेलायततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्ध संग्रह लोकप्रिय छन । शर्माका नेपाली, अंग्रेजी, भाषा, ब्याकरणसहितका १ सयभन्दा बढी पुस्तक प्रकाशित छन् । 

‘बेलायततिर बरालिँदा’ निबन्ध संग्रहका लागि २०२६ सालमा उनले मदन पुरस्कार पाएका थिए । 

शर्माको ‘घनघस्याको उकालो काट्ता’ निबन्ध माध्यमिक तह पाठ्यक्रममा समेत समावेश छ । नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनमा शर्मा लोकप्रिय मानिन्छन् ।

Leave A Reply

Your email address will not be published.