महाभियोग निर्वाचन नगराउने षड्यन्त्र, आवेगमा आएर निर्णय गर्दैनौं : ओली

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष नेता केपी ओलीले सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाभियोग स्थानीय निर्वाचन नगराउने षड्यन्त्र भएको बताएका छन् ।

नयाँ बानेश्वरमा बसको एमाले संसदीय दलको बैठकमा ओलीले महाभियोग प्रस्ताव गलत भएको समेत बताएका हुन् ।

ओलीले सत्तारुढ गठबन्धन ५ दलविरुद्ध एमाले एक हुने पनि बताएका थिए । एमसीसीसहितको विषयमा एमालेलाई अन्तर्राष्ट्रिय रुपमा बेइज्जत गर्न गठबन्धनले काम गरिहेको पनि ओलीको आरोप लगाए ।

अध्यक्ष ओलीले एमाले कुनै पनि आवेग, उत्तेजना र प्रतिशोधका आधारमा निर्णय नगर्ने बताए । सरकार, सत्ता गठबन्धन र अदालतको नेतृत्व कसरी जान्छन् त्यस आधारमा कदम चालिने ओलीले बताएका छन् ।

बैठकमा अध्यक्ष ओलीले सुविचारित ढंगले एमालेले सडक, सदन र कानूनी तीनै मोर्चाको लडाइँ लड्ने बताए ।

Leave A Reply

Your email address will not be published.