पूर्व सहायकमन्त्री तेजबिक्रम शाहको निधन

0

तिलक बाबु, कोहलपुर बाँके ,

जाजरकोट जिल्लाका चर्चित राजनितिज्ञ पूर्वआपूर्ती सहायकमन्त्री तेज विक्रम शाहको शनिबार ९१ बर्षको उमेरमा निधन भएको छ । लामो समय जिल्लाको राजनितिमा सकृय शाह बिरामी भएर नेपालगन्जमा उपचार गराई रहेका थिए ।

उनी २०४५–०४६ सालको तत्कालिन आपूर्ती सहायक मन्त्री बनेका थिए । जिल्ला पञ्चायत सभापति राष्ट्रिय पञ्चायत सदस्य हुँदै सहायकमन्त्री भएका उनी हक्की स्वभाब र प्रस्ट बिचार का कारण सबैका प्रिय थिए ।


पूर्वसाँसद गोविन्द विक्रम शाह तथा सामुदायिक रेडियो खलंगा एफ. एम. १०७.६ संचालक समितिका अध्यक्ष श्री कृष्ण गोपाल शाहका बुवा शाहको मृत्‍युमा जिल्लाका सामाजिक र राजनितिक अगुवाहरुले दु:ख ब्यक्त गरेका छन ।

पूर्वसहायक मन्त्री शाहको दाँहसंस्कार जाजरकोटको शिवालयमा हुने पारिवारिक श्रोतले जानकारी दिएको छ। दाँहसंस्कारको लागि शाहको लास रातिनै जाजरकोटको खलंगा पुर्याईएको छ ।

Leave A Reply

Your email address will not be published.