कोहलपुर नगरपालिका प्रमुखमा अर्यालको उम्मेद्बारी घोषणा

0

व्यवसायी देवाचन्द अर्यालले कोहलपुर नगरपालिकाको प्रमुखको लागि उम्मेदवारी घोषणा गरेका छन् । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि अर्यालले कोहलपुरको मेयरमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् । पर्यटन व्यवसायी समेत रहेका अर्यालले कोहलपुरलाई देशकै नमुना नगर बनाउने योजना सहित मेयर पदमा स्वतन्त्र उम्मेद्वार हुने घोषणा गरेका हुन् ।

कोहलपुर ११ मा आफैले सञ्चालन गरिरहेको हाम्रो बजारमा उम्मेदवारी घोषणा गरेका अर्यालले आफ्नो उम्मेदवारी कुनै पार्टी र कुनै व्यक्तिका विरुद्ध नभइ एक सचेत नेपाली नागरिकका हैसियतले आफूले मेयरमा उम्मेदवारी दिएको जानकारी दिए । उनका अनुसार कोहलपुरलाई आगामी पाँच वर्षमा विकासमा कार्यापलट गर्नको लागि उम्मेदवारी घोषणा भएको हो । २०३९ सालदेखि कोहलपुरमा बसोबास गर्दै आएका अर्याल विकासवादी व्यवसायी मानिन्छन् ।

उनले बाँकेको कोहलपुरमा पहिलोपटक पाँचतारे होटल सञ्चालमा ल्याएका थिए । अहिले बर्दियामा जंगल सेन्ट्रल प्लाजा रिसोर्ट सञ्चालन गर्दै आएका छन् । केही महिना अघि मात्रै कोहलपुरमा नयाँ प्रकारको व्यवसाय हाम्रो बजार सञ्चालनमा ल्याएका थिए ।

उनले देशभर अटेरी अभियान नेपाल मार्फत स्थानीय तहमा युवाहरु स्वतन्त्र रुपमा निर्वाचन लड्ने बताए । अटेरी अभियानकै नाममा पोखरा महानगरमा गणेश पौडेल र काठमाडौँ महानगरमा ¥यापर बालेन शाहले उम्मेदवारी दिइसकेछन् । यो समूह मार्फत कोहलपुरमा पनि उम्मेदवारी घोषणाा भएको हो ।

Leave A Reply

Your email address will not be published.