सुनाकोठीबाट चोरी भएको बालकुमारीको मूर्ति भेटियो, स्थानीयमा खुसीयाली

0

ललितपुर : ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट चोरिएको मूर्ति १९ दिनपछि भेटिएको छ ।  महानगरपालिका–१५ गैह्रिगाउँ, हात्तिबनस्थित करुणा मन्दिरमा मूर्ती भेटिएको हो । 

मन्दिरको बाहिर बोरामा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  स्थानीयको दबाबपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले एसपी कृष्ण पंगेनीको संयोजकत्वमा अनुसन्धान समिति नै बनाएको थियो । 

चोरले निकै सोधखोज भएपछि मूर्ति मन्दिरको बाहिर लगेर राखेको हुन सक्ने ललितपुर प्रहरी परिसर प्रवक्ता सिद्धिविक्रम शाहले बताए । 

जावलाखेलस्थित ललितपुर प्रहरी परिसरमा राखिएको मूर्ति लिन खोकनाबासी बाजागाजासहित आइपुगेका थिए । 

५/६ सय वर्ष पुरानो लिच्छविकालीन मूर्ति भेटिएपछि स्थानीयले नाचगान गरेर खुसी बाँडेका छन् । ऊर्जामन्त्री पम्फा भुसाल, ललितपुरका मेयर चिरीबाबु महर्जनलगायतको, प्रमुख जिल्ला अधिकारी, ललितपुर महानगरपालिकाका मेयर, सांसदलगायतको उपस्थितिमा मुर्ती हस्तान्तरण गरिएको थियो ।  

पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको मूर्ति माघ ९ गते गुठी घरबाट हराएको थियो । ९ वटा ताला काटेर र चार ढोका फोडेर मूर्ति चोरिएको थियो । 

Leave A Reply

Your email address will not be published.