यस्तो छ स्वास्थ्यमन्त्री खतिवडाको १०० दिने कार्यप्रगति विवरण

0

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफ्नो १०० दिने कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

मन्त्री खतिवडाले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गरेका कामको २० बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन् ।

मन्त्री खतिवडाले कोभिड खोप सम्बन्धी, मन्त्रालयका नयाँ नीतिगत र स्वास्थ्य सेवा तथा स्वास्थ्य संस्था विस्तार सम्बन्धी विषयमा भएका कामलाई प्रगित विवरणमा समावशे गरेका छन् ।

मन्त्री खतिवडाले आफ्नो कार्यकालमा १२ देखि १७ बर्ष उमेर समुहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य शुरु गरिएको उल्लेख गरेका छन् । 

विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा, हाल सबै गर्भवती महिलाहरूलाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको प्रगति विवरणमा समेटिएको छ ।

त्यस्तै लक्षित सबै जनसंख्यालाई पूर्ण मात्रा खोप प्रदान गर्ने तथा जोखिम समूह लक्षित बुस्टर मात्रा प्रदान गर्ने नीति अनुरुप पर्याप्त मात्रामा खोप अनुदान एवं खरिद मार्फत निरन्तर आपूर्ति भैरहेको मन्त्री खतिवडाले उल्लेख गरेका छन् ।

यस्तै २०७८ माघ २७ गते  सम्म १२ वर्ष भन्दा माथिको लक्षित जनसंख्याको ७७ प्रतिशतलाई पहिलो मात्रा र ६९ प्रतिशतलाई पूर्ण खोप प्रदान गरिएको उनले उल्लेख गरेका छन् । 

२०७९ वैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई कोभिड -१९ विरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको र त्यसका लागी आवश्यक पर्ने खोपको मौजदात सुनिश्चित गरिसकिएको प्रगति विवरणमा उल्लेख छ । साथै उनले हाल खोप लगाउने दरलाई हेर्दा यो लक्ष्य तोकिएको मिति भन्दा अगावै प्राप्त हुने बताएका छन् । 

यसैबीच पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप नहराएको दाबी गरे । उनले उक्त खोपको तथ्यांक आउन मात्रै बाँकी रहेको बताए । 

२४ लाख डोज लक्षित नागरिकसम्मै पुगेको तर स्थानीय तहहरुबाट त्यसको विवरण आइपुग्न बाँकी रहेको जिकिर गरे । 

२४ लाख डोज खोपको तथ्यांक छानबिनका लागि बनेको समितिले दिइएको डेडलाइनमा नै खोपको प्रकार र विवरणअनुसारको प्रतिवेदन बुझाउने उनले विश्वास व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.