सरकारले १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने

0

काठमाडौं : सरकारले १८ वर्ष माथिका सबैलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार बसेको बैठकले पहिलो शृङ्खला खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिकालाई खोप उपलब्धताका आधारमा बुस्टर डोजको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय गरेको हो ।

मन्त्रालयले बिहीबार सो निर्णय गरी स्वास्थ्य कार्यालयहरुलाई परिपत्र गरेको छ ।

मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले बिहीबार ७७ वटै स्वास्थ्य कार्यालयलाई परिपत्र गरी १८ वर्षभन्दा माथिका सबै व्यक्तिलाई खोप लगाउन निर्देशन दिएको छ ।

यसअघि अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई मात्र कोरोना संक्रमणविरुद्ध बुस्टर डोज प्रदान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.