एमसीसी संसदबाट पारित गर्नुपर्ने कांग्रेसको निष्कर्ष

0

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने निष्कर्षका निकालेको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको पहिलो कार्यसम्पादन समितिको बैठकले एमसीसी सैन्य रणनीति अन्तर्गत नरहेको ठहर गर्दै अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा पेश भए बहुमतका साथ पारित हुने दाबी समेत गरे ।

बैठकमा स्थानीय तह निर्वाचन, भ्रातृसंगठनहरुको अधिवेशन लगायतका विषयमा पनि छलफल भएको जानकारी दिए ।

उनले विधानको व्यवस्थाअनुसार पार्टीले भातृ संगठनहरुको बारेमा निर्णय गरेर अघि बढ्ने पनि बताए । वक्ताहरुले बोल्ने क्रम नसकिएकोले कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्ने कांग्रेसले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.