देउवा, दाहाल र नेपालबीच भेटवार्ता, यथास्थितिमा एमसीसी पारित गर्न नसकिने दाहाल र नेपालको अडान

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसीसी पास गर्न सहयोग गर्न नसकिने बताएका छन् । 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले एमसीसीप्रति आफ्नो दलको धारणा प्रष्ट पारेका हुन् ।  

प्रधानमन्त्री देउवालाई भेट्नुअघि उनीहरुले बुधबार छुट्टै छलफल गरेका थिए । दाहाल निवास खुमलटारमा भएको छलफलमा उनीहरुले एमसीसीबारे साझा धारणा तय गरेर बिहीबार प्रधानमन्त्री देउवालाई भेटेका हुन् । 

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशनले फागुन १६ भित्र एमसीसीबारे टुंगो लगाउन दबाब दिएको छ। 

सत्ता गठबन्धनका दलहरुबीच यस विषयमा साझा धारणा नबन्दा प्रतिनिधि सभाको बैठकसमेत प्रभावित बनेको छ । 

सत्ता गठबन्धनकै दलहरु एकीकृत समाजवादी र जनमोर्चा एमसीसीको विरुद्ध सडक संघर्षमा छन् ।

Leave A Reply

Your email address will not be published.