दूधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पुग्यो

0

काठमाडौं : सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान ‘डीडीसी’ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएको छ । 

संस्थानको सञ्चालक समितिको बैठकले दूधको मूल्य बढाएर प्रति लिटर ८५ रुपैयाँ निर्धारण गरेको हो । यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ थियो । 

बढेको नौ रुपैयाँमा किसानले प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा पाउने संस्थानले जनाएको छ । प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीले पाउनेछन् । 

मन्त्रिपरिषद बैठकले किसानका लागि प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाउने निर्णय गरेपछि संस्थानले त्यसलाई कार्यान्वयनमा ल्याएको हो । 

मन्त्रिपरिषदको निर्णयपछि कृषि मन्त्रालयले उपभोक्ताको लागि प्रशोधित दूधको मूल्य निर्धारण गर्ने जिम्मेवारी संस्थानलाई दिएको थियो । संस्थानले मूल्यबृद्धि गरेपछि सोही अनुसार नीजि डेरीले पनि भाउ बढाउने तयारी गरेका छन् ।

Leave A Reply

Your email address will not be published.