निर्वाचन आयोगको तयारी तीव्र

0


निर्वाचन आयोगले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि तयारी तीव्र पारेको जनाएको छ ।

आयोगले मतदाता नामावलीलाई अन्तिम रुप दिएर निर्वाचन कार्यतालिका बनाउने र निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्री खरिदको प्रक्रियासमेत शुरु गर्ने जनाएको छ ।
निर्वाचन आयोगको प्रमुख आयुक्त दिनेश थपलियाले ९० दिनको समयलाई आयोगले फास्ट ट्रयाकबाट तयारी तीव्र पारिने जानकारी दिए ।

यस्तै, आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन कार्यतालिकाको विषयमा छलफल भइरहेको र केही समयभित्रै कार्यतालिका प्रकाशित हुने बताएका छन् ।

कार्यतालिकामा निर्वाचन कार्यालय स्थापना, निर्वाचन अधिकृत नियुक्तिदेखि निर्वाचनसम्मका कार्यक्रमसम्म सार्वजनिक गर्ने प्रवक्ता शर्माको भनाई छ ।

Leave A Reply

Your email address will not be published.