एन्त्वेर्पेनमा तिज धमका हुने

0

teej3teej5teej4teej6teej2

 

 

 

 

चारदिशा, बेल्जियम,
हरेक बर्षहरु जस्तै यस बर्ष पनि नेपाली नारीहरुको महान चाँड तिज नजिकिदै गर्दा एन्तवेर्पेनबासी आम नेपाली महिला दिदिबहिनीहरु बिशेष कार्यक्रमका साथ तिज मनाउने तयारीमा जुट्नु भएको छ । यहि सेप्टेम्बर १५ मंगलवारका दिन दिउसो तीन बजे देखि सुरु हुने कार्यक्रममा नाच, गान, र दिदी बहिनीहरुलाई निशुल्क दर ख्वाउने कार्यक्रम हुनेछ ।

सम्पूर्ण बेल्जियमबासी नेपाली महिला दिदी बहिनीहरुलाई उक्त पावन अबसर उपस्थित भै प्रबासमा रहेर पनि  हाम्रो साँस्कृतिक परम्परा जोगाउने यस कार्यमा सरिक भैदिन उक्त कार्यक्रमकी सँयोजक निर्मला बजगाईले हार्दिक अनुरोध गर्नु भएको छ ।

JAN WELTERSLAAN
2100 ANTWERPEN ( DEURNE )
Time 15.00 बजे

Leave A Reply

Your email address will not be published.