जबर्जस्ती करणी गर्ने शाह पक्राउ

0

पोखरा, १५ भदौ । पोखरा–१४ घर भएकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा धादिङ जिल्ला घर भई पोखरा–८ बस्दै आएका वर्ष २४ का नारायण शाहलाई जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पक्राउ गरेको छ । शाहले ती बालिकालाई मामाघर लगिदिन्छु भनी पोखराको पृथ्वीचोकस्थित एक होटलमा ल्याई साउन २९ गते जबर्जस्ती करणी गरेको प्रहरी नायब उपरीक्षक गोविन्द अधिकारीले जानकारी दिनुभयो । प्रहरीले शाहलाई करणी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.