स्थानीय निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई एमालेको निर्देशन

0

काठमाडौं : नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

मंगलबार महासचिव शंकर पोखरेलले प्रदेश कमिटीहरूका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

पार्टीको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेकाले निर्वाचनलाई पार्टीका पक्षमा पार्न मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्न पार्टीले निर्देशन दिएको हो ।

निर्देशनसँगै पार्टीले सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ ।

दुई दिने कार्यक्रमको उद्दघाटन अध्यक्ष केपी शर्मा ओलीले माघ २८ मा भर्चुअल माध्यमबाट गर्ने तय भएको महासचिव पोखरेलले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.