कांग्रेस प्रवक्ताको जिम्मेवारी प्रकाशशरण महतलाई

0

कमाठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले पार्टी प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

सभापति शेरबहादुर देउवाले उनलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा महत देउवा समूहबाट महामन्त्रीमा उठेका थिए । उनी पराजित भएपछि देउवाले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।

कांग्रेसको विधानमा प्रवक्तालाई पदाधिकारीसरहको हैसियत दिइएको छ । विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो ।

Leave A Reply

Your email address will not be published.