स्थानीय तहको चुनाव वैशाख ३० गते गर्ने सरकारको निर्णय

0

काठमाडौं : सरकारले स्थानीय तहको चुनाव आउँदाे वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले जेठमा चुनाव गर्ने तयारी गरे पनि निर्वाचन आयोगले आफूहरू वैशाखमै चुनाव गर्न सक्षम रहेको बताएपछि सरकारले वैशाखमै स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको हो ।

आयोगले यसअघि जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो ।

Leave A Reply

Your email address will not be published.