भारतले ल्यायो बजेट : आर्थिक वृद्धिदर ९.२ प्रतिशत हुने अनुमान, डिजिटल करेन्सीलाई बाटो खुल्यो

0

एजेन्सी : भारतले आर्थिक वर्ष २०२२/२३ को लागि ३९४ खर्ब ५० अर्ब भारु बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार संसदमा उक्त बजेट सार्वजनिक गरेकी हुन् ।

भारतमा आर्थिक वर्ष २०२२ मा आर्थिक वृद्धिदर ९.२ प्रतिशत हुने अनुमान गरिएको छ । अर्थमन्त्री सीतारमणले संसदमा बजेट पेश गर्दै ९.२ प्रतिशतको आर्थिक वृद्धिदर हुने विश्वास व्यक्त गरेकी हुन् ।

अहिले ओमिक्रोन भेरियन्टको प्रभाव रहे पनि खोप अभियान सञ्चालनमा रहेका कारण यसको असर धेरै नदेखिने उनको भनाइ छ ।

बजेट भाषणमा आगामी आर्थिक वर्षमा भारतले २५ हजार किलोमिटर सडक बनाउने लक्ष्य राखेको छ ।

सडक विस्तारको लागि २ खर्ब भारुबराबरको रकम खर्च गरिनेछ। आगामी ३ वर्षमा १ सय कार्गो टर्मिनल बनाइनेछ ।

त्यस्तै मेक इन इन्डिया कार्यक्रमबाट भारतमा ६० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ ।

भारतले क्रिप्टोकरेन्सीको कारोबारबाट हुने आम्दानीमा ३० प्रतिशत कर लगाउने निर्णय गरेको छ ।

त्यस्तै बजेट प्रस्तुत गर्दै वित्त मन्त्री निर्मला सीतारमणले भारत आफैंले आर्थिक वर्ष २०२२ मा नै डिजिटल मुद्रा ल्याउने प्रस्ताव गरेकी छन् ।

ब्लकचेन प्रविधि प्रयोग गरेर रिजर्भ बैंक अफ इन्डिया (आरबिआई)ले डिजिटल मुद्रा निकाल्ने प्रस्ताव गरिएको छ ।

डिजिटल मुद्रा निकाल्दा मुद्रा व्यवस्थापन सहज र किफायती हुने अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.