स्थानीय निर्वाचन जेठ पहिलो साता, एकै चरणमा : प्रधानमन्त्री देउवा

0

काठमाडौं : सरकारले स्थानीय तहको निर्वाचन जेठ पहिलो साता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ पहिलो साता हुने बताएका हुन् ।

उनलाई भेट्न पुगेको वाग्मती प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठ पहिलो साता स्थानीय तहको निर्वाचन गर्ने जानकारी गराएका हुन् ।

आउँदो जेठ पहिलो साता चुनाव गर्दा कार्यकाल सकिनुभन्दा अघि नै चुनाव गर्नुपर्ने स्थानीय निर्वाचन ऐन २०७३ को प्रावधान अनुकुल हुने भएकाले चुनाव गर्न लागिएको हो ।

सो क्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन एकै चरणमा हुने पनि जानकारी गराएका थिए ।

सत्तारुढ पाँच दलीय गठबन्धनको शनिबार बालुवाटारमा बसेको बैठकले पनि स्थानीय तहको चुनाव आउँदो जेठ महिनामा गर्ने निर्णय गरेको थियो ।

ऐनको दफा ३ मा कार्यकाल सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले वैशाख १४ र २२ गते चुनाव गर्न सरकारलाई औपचारिक रुपमा सुझाव दिएको छ ।

त्यस्तै वाग्मती प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी पनि पारित गर्ने तयारी रहेको जानकारी गराएका थिए ।

Leave A Reply

Your email address will not be published.