सोनाम ल्होसारको अवसरमा बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

0

काठमाडौं : सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा माघ १९ गते बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।  

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो । 

यसअघि सोमबार नै बागमती प्रदेश सरकारले पनि सोनाम ल्होसारमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

तामाङ र ह्योल्मो समुदायले सोनाम ल्होछार पर्व विशेष महत्वका साथ मनाउने गर्दछन् । यस पटक यो समुदायमा गोरु वर्ग बिदा भएर बाघ वर्गको स्वागत गरिँदैछ । 

Leave A Reply

Your email address will not be published.