स्थानीय निर्वाचनका लागि अर्को मिति प्रस्ताव गर्ने आयोगको तयारी

0

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्बन्धमा अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनमा आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि आयोगले अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको हो ।

स्थानीय तह निर्वाचनको मितिबारे आन्तरिक छलफल तथा तयारीमा रहेको आयोगले जनाएको हो । आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि समय माग्दै आएको छ ।

प्रधानमन्त्री देउवाले समय दिएपछि सरकारलाई मिति प्रस्ताव गर्ने तयारी आयोगको छ ।

आयोगले यसअघि २०७९ वैशाख १४ गते एकै चरणमा वा वैशाख १४ र २२ गते गरी दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको थियो ।

सत्तारुढ दलले पछिल्लो पटक जेठमा निर्वाचन गर्न सहमति गरेका छन । तर सरकारले मिति भने अहिलेसम्म प्रस्ताव गरिसकेको छैन ।

Leave A Reply

Your email address will not be published.