स्थानीय निर्वाचनको मिति तोक्न एमालेले सरकारलाई दबाब दिने

0

काठमाडौं : नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिने निर्णय गरेको छ । 

एमालेले बैशाखभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सम्पूर्ण शक्ति सहित सरकारलाई दवाव दिने निर्णय गरेको हो । 

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिन देशव्यापी अभियान चलाउन जनसंगठनलाई निर्देशन दिने निर्णय समेत एमालेले गरेको छ ।

एमालेले जनसंगठन परिचालनको निर्देशिका र आर्थिक निर्देशिका लगाएत पार्टीका आन्तरिक कामलाई व्यवस्थापन गर्ने कामलाई सचिवालयको बैठकमा प्रस्तुत गर्ने निर्णय पनि गरेको छ ।

एमसीसीको विषयमा सरकारले छलफल अगाडि बढाउन खोजेको भएपनि संसदमा दर्ता हुने/नहुने एकिन नभएको उनले बताए । एमसीसी संसदमा दर्ता भएको अवस्थामा मात्रै एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उनले बताए ।

Leave A Reply

Your email address will not be published.