हराएको २४ लाख डोज खोप खोज्न छानविन समिति

0

काठमाडौं : सरकारले हराएको भनिएको २४ लाख डोज कोरोनाविरुद्धको खोपको खोजी गर्न छानविन समिति बनाएको छ । 

यसअघि मन्त्रालयले २४ लाख मात्रा खोप रेकर्डमा नभएको जनाएको थियो । त्यति ठूलो संख्यामा खोप हराएको भन्दै खोप व्यवस्थापनलाई लिएर सरकारको आलोचना भइरहँदा मन्त्रालयले छानविनका लागि ५ सदस्यीय समिति बनाएको हो । 

उक्त ५ सदस्यीय समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ । मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार समितिलाई प्रतिवेदन बुझाउन २ हप्ताको समयसीमा दिइएको छ ।

प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा बनेको समितिमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, अनिल थापा, अभियान गौतम सदस्य छन् भने वरिष्ठ स्वास्थ्य प्रशासक डा.गुणनिधि शर्मा सदस्यसचिव छन् ।

Leave A Reply

Your email address will not be published.