हिमआँधीका कारण अमेरिकाको जनजीवन प्रभावित, पाँच राज्यमा आपत्कालीन अवस्था घोषणा

0

काठमाडौं : अमेरिकाको पूर्वी तटीय क्षेत्रमा आएको हिमआँधीका कारण जनजीवन प्रभावित भएको छ ।

भारी हिमपात र हावाहुरी चलेपछि पाँच राज्यमा आपतकालीन अवस्था घोषणा गरिएको छ । न्युयोर्क, न्युजर्सी, मेरिल्यान्ड, भर्जिनिया र रोड आइल्यान्डमा आपतकालीन अवस्था घोषणा गरिएको हो ।

राज्य सरकारले नागरिकलाई सतर्कता अपनाउन आह्वान गरेका छन । अमेरिकामा सात करोड ५० लाख मानिस हिमआँधीको चपेटामा पर्न सक्ने औल्याइएको छ ।

भारी हिमपात र हुरीका कारण पाँच हजारभन्दा धेरै हवाई उडान रद्द गरिएका छन् । चार वर्षमा पहिलो पटक यस्तो आँधी आएको अमेरिकी राष्ट्रिय मौसम विभागले जनाएको छ ।

विभागले सकेसम्म यात्रा नगर्न र यात्रै गर्नै परे चिसोबाट जोगिने सामग्री बोक्न आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.