प्रतिनिधिसभा बैठक पुन: स्थगित

0

काठमाडौं : प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ । कोरोना भाइरसको सम्भावित जोखिम कायमै रहेको भन्दै संसद् सचिवालयले प्रतिनिधिसभाको बैठक माघ २६ गतेसम्मका लागि स्थगित गरेको छ । 

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक कोरोना महामारीलाई कारण देखाउँदै स्थगित गरिएको हो । 

संघीय संसद्का महासचिव भरतराज गौतमले शनिबार विज्ञप्ति जारी गर्दै अर्को बैठकको मिति आगामी माघ २६ गतेका लागि तय गरेको जनाएका छन् । 

यसअघि शनिबार नै सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बिहान ११ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । 

गत पुस ६ गतेदेखि शुरु भएको संसद् बैठक त्यसपछि पुस ७ गते बसेको थियो । त्यसपछि बैठक बस्न सकेको छैन ।

Leave A Reply

Your email address will not be published.