अमेरिकाले रुसको सुरक्षा चिन्ताको बेवास्ता गर्‍यो : पुटिन

0

एजेन्सी : रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाले आफ्नो देशको सुरक्षा चिन्ताको बेवास्ता गरेको आरोप लगाएका छन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंनसँगको टेलिफोन सम्वादका क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

युक्रेनलाई नेटोले सहयोग गर्नु गलत भएको भन्दै पुटिनले अमेरिकाले युक्रेनको मामिलामा कुटनैतिक चाल चालेको गुनासो गरेका हुन् ।

रुसले युक्रेनसँगको तनाव समाधान हुने सम्भावना निकै कम रहेको पनि जनाएको छ । अमेरिकाले आफ्नो प्रमुख माग अस्वीकार गरेकाले तनाव समाधानको सम्भावना घटेको उसको भनाइ छ ।

नेटोमा युक्रेनको प्रवेश बन्देज गरिनुपर्ने माग गरेको रुसको छ । तर त्यसलाई पश्चिमी मुलुकहरुले अश्विकार गर्दै आएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनमा हमलाको तयारी गरेकोे भन्दै सचेत रहन युक्रेन लगाएत पश्चिमा राष्ट्रहरुलाई आग्रह गरेका छन् ।

रुसले युक्रेनमा आगामी फेब्रुअरीमा आक्रमण गर्न सक्ने चेतावनी उनको छ । युक्रेनसँगको सीमा क्षेत्रमा रुसले करिब एक लाख सैनिक तैनाथ गरेको छ ।

अमेरिकाले युक्रेनमाथि आक्रमणका लागि सेना तैनाथ गरिएको आरोप लगाउँदै आएको छ । तर रुसले भने आक्रमणको कुनै योजना रहेको दाबी गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.