बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

0

काठमाडौं : ज्ञानचन्द्र आचार्य संयुक्त अधिराज्य बेलायतका लागि राजदूत नियुक्त भएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई बेलायतको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीसहित भारतका लागि शंकर शर्मा र अमेरिकाका लागि श्रीधर खत्रीलाई संसदीय सुनुवाइका लागि सिफारिस गरेको थियो । आचार्यको नाम संसदीय सुनुवाइ समितिबाट मंसिर २० गते अनुमोदन भएको थियो ।

सरकारले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएर उनलाई बेलायतको राजदूतमा नियुक्त गरेको थियो ।

No description available.
Leave A Reply

Your email address will not be published.