काठमाडौं उपत्यकामा बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो

0

काठमाडौं : कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लागू गरिएको जाेरबिजोर प्रणाली बस, माइक्रोबस र टेम्पोहरुका लागि हटाइएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । 

कोरोना भाइरस संक्रमणको जोखिमलगायत पछिल्लो परिस्थितिको मूल्यांकन गरेर सार्वजनिक सवारी साधनमा जोरबिजोर हटाइएको र निजी सवारी तथा ट्यांक्सीको हकमा यसअघि कायम गरिएको जोरबिजोर प्रणालीलाई यथावत राखिएको प्रशासन कार्यालयहरुले जनाएका छन् ।

संक्रमणको जोखिम अझै कायम रहेकाले विद्यालय, फिल्म हल र रात्रीकालिन व्यवसायहरु माघ मसान्तसम्म बन्द गर्ने निर्णय सीडीओहरुको बैठकले गरेको छ ।

यसअघि शुक्रबार नै बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले माघ मसान्तसम्म शैक्षिक संस्था, फिल्म हल बन्द राख्ने निर्णय गर्न सिफारिस गरेको थियो ।

Leave A Reply

Your email address will not be published.