कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन, को-को परे ?

0

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समितिको बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले समिति गठनका लागि गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएसँगै समिति गठन भएको हो ।

कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी र वरिष्ठताका आधारमा केन्द्रीय सदस्यहरु रहेका छन् ।

कार्य सम्पादन समितिमा सभापति देउवासहित १३ जना पदाधिकारी, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारीहरू समेटिएका छन् ।

कांग्रेस विधान अनुसार ४६ सदस्यीय सम्पादन समिति बन्ने भएपनि शुक्रबार पदाधिकारीसहित ३७ जनालाई मात्र समेटिएको हो ।

यस्तो छ केन्द्रीय कार्यसम्पादन समितिः

शेरबहादुर देउवा – सभापति

रामचन्द्र पौडेल – वरिष्ठ नेता

पूर्णबहादुर खड्का – उपसभापति

धनराज गुरुङ – उपसभापति

गगन थापा- महामन्त्री

विश्वप्रकाश शर्मा महामन्त्री

फरमुल्लाह मन्सुर – सहमहामन्त्री

भीष्मराज आङदाम्बे – सहमहामन्त्री

उमाकान्त चौधरी- सहमहामन्त्री

महेन्द्र यादव – सहमहामन्त्री

महालक्ष्मी उपाध्याय डिना – सहमहामन्त्री

किशोरसिंह राठौंर- सहमहामन्त्री

बद्री पाण्डे – सहमहामन्त्री

जीवन परियार- सहमहामन्त्री

गोपालमान श्रेष्ठ

प्रकाशमान सिंह

विमलेन्द्र निधि

विजयकुमार गच्छदार

कृष्णप्रसाद सिटौला

डा.शशांक कोइराला

चित्रलेखा यादव

डा.रामशरण महत

अर्जुननरसिंह केसी

डा.प्रकाशशरण महत

सुनिलबहादुर थापा

डा.शेखर कोइराला

बलबहादुर केसी

बालकृष्ण खाण

ज्ञानेन्द्रबहादुर कार्की

उमा रेग्मी

रमेश रिजाल

डा.नारायण खड्का

जीपछिरिङ लामा

सुजाता काेइराला

एनपी साउद

जीवनबहादुर शाही

आनन्द प्रसाद ढुंगाना

Leave A Reply

Your email address will not be published.