निर्वाचन कानुनको मस्यौदा तयार पार्न आयोगद्वारा विभिन्न मन्त्रालयसँग छलफल

0

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन कानुनको मस्यौदा तर्जुमा गर्न बिभिन्न मन्त्रालयसँग छलफल गरेको छ ।

सरकारबाट कानुनको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएपछि आयोगमा शुक्रबार बसेको एकीकृत निर्वाचन निर्देशन समितिको बैठकमा कानूनको मस्यौदा तयार गर्ने बिषयमा छलफल भएको हो ।

बैठकमा मन्त्रीपरिषद् कार्यालयका कानून सचिव, गृह सचिव, कानून सचिव लगाएतको सहभागिता थियो ।

निर्वाचन कानूनको मस्यौदा तयारीको सन्दर्भमा आयोगले आवश्यक छलफलपछि मस्यौदा तयार गरेर गृह मन्त्रालयमा पठाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले ६ महिनाअघि नै विधेयकको प्रारम्भिक मस्यौदा तयार गरी सैद्धान्तिक सहमतिका लागि गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पठाएको थियो । उक्त मस्यौदामा विदेशमा रहेका नेपालीलाई मतदान समावेश गर्ने विषय समेटिएको छ ।

Leave A Reply

Your email address will not be published.