देउवा, दाहाल र नेपालबीच बालुवाटारमा भेटवार्ता, स्थानीय चुनावबारे छलफल

0

काठमाडौं : सत्ता गठबन्धनका तीन नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको हो । 

तीन नेताबीच हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । 

साथै स्थानीय तह निर्वाचनका विषयमा पनि तीन नेताबीच छलफल भएको जनाइएको छ । उनीहरुबीच चुनाव ऐन संशोधनबारे पनि छलफल भएको बताइएको छ । 

स्थानीय तहको निर्वाचन वैशाखभित्रै गर्ने गरी मिति तोक्न प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवामाथि निर्वाचन आयोगसहित प्रतिपक्षी दल एमालले चर्को दबाब दिइरहेका छन् । 

तर सत्ता साझेदार दलहरु भने वैशाखमा स्थानीय तहको चुनाव नगर्ने पक्षमा छन् । जसका कारण सत्तारुढ दलका नेताहरुले चुनाव सार्न प्रधानमन्त्री देउवालाई दबाब दिइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.