स्थानीय तहको निर्वाचनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार बस्ने

0

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।

भर्चुअल माध्यमबाट बस्ने बैठकमा स्थानीय तहको निर्वाचनबारे छलफल हुने नेताहरुले बताएका छन् ।

स्थानीय तहको चुनाव वैशाखमै गर्ने किन गठबन्धनमा आएको प्रस्ताव अनुसार सार्ने भन्ने विषयमा कांंग्रेसभित्र दुई मत छ ।

सरकार कानुन संशोधन गरेर स्थानीय तह निर्वाचन धकेल्न अग्रसर भएको देखिएपछि देउवा इतर पक्षले त्यसको विरोध गरिरहेको छ । सरकारले हालै कानुनविद्सँग निर्वाचनबारे सुझाव मागेको थियो । कानुनविद्हरूले ऐन संशोधन गर्न सुझाव दिएका थिए ।

बैठकमा बुधबार सम्पन्न भएको राष्ट्रियसभा निर्वाचबारे पनि समीक्षा हुनेछ। त्यस्तै सदन खुलाउन विषयमा पनि कांग्रेसभित्र छलफल हुने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.