युक्रेनलाई नेटो सदस्य बन्न रोक्नुपर्ने रुसी माग अमेरिकाद्वारा अस्वीकार

0

एजेन्सी : अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी माग अस्वीकार गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन संकट समाधानका लागि रुसले अघि सारेका मागमा सहमति हुन नसक्ने बताएका हुन् ।

रुसले युक्रेनमाथि आक्रमण गर्नसक्ने चिन्ताबीच अमेरिकाको पछिल्लो भनाइ आएको हो । विदेशमन्त्री ब्लिङ्कनले वाशिङ्टनले आफ्नो मूलभूत सिद्धान्तमा कुनै छुट नदिने उल्लेख गरे ।

युक्रेन संकट समाधानका लागि गम्भीर कूटनीतिक बाटो अगाडि बढाउने प्रस्ताव राख्दै उनले रुसले त्यसैलाई रोज्नुपर्ने पनि बताएका छन् ।

रुसले भने नेटोसँगको समन्वयमा अमेरिकाले राखेको सर्तका विषयमा अध्ययन गर्ने बताएको छ ।

यसअघि रुसले पनि नेटो सैन्य गठबन्धनको विस्तार र सम्बन्धित सुरक्षा मामिलाबारे आफ्ना चिन्ताका विषयमा लिखित सूची जारी गरेको थियो । उसले युक्रेन अरूलाई गठबन्धनमा सामेल हुने सम्भावनालाई अस्वीकार गर्न नेटोसँग माग गरेको थियो ।

केही समययता रुसले युक्रेनको सीमामा करिव एक लाख सेना परिचालन गरेको छ । उसले युक्रेनमाथि आक्रमणको तयारी गरेको आरोप पश्चिमा मुलुकको छ । तर रुसले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.