मुलुकको अर्थतन्त्र धराशायी छैन : अर्थमन्त्री शर्मा

0

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र धराशायी नभएको स्पष्ट पारेका छन् ।

काठमाडौंमा भन्सार महसुलको विद्युतीय भुक्तानी इ–पेमेन्ट प्रणालीको शुभारम्भ गर्दै मन्त्री शर्माले पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्य वृद्धिको श्रृङ्खलाका कारण विदेशी मुद्राको सञ्चितिमा केही चाप परेको भएपनि अर्थतन्त्र धराशायी नभएको दाबी गरे ।

कतिपयले निजी क्षेत्र तथा आम सर्वसाधारणलाई त्रसित बनाउने गरी प्रचार गरेकोप्रति उनले असन्तुष्टि जनाए ।

विदेशबाट वस्तु आयात गर्दा भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई नगदरहित र कागजरहित बनाउने उद्देश्यले सबै भन्सार कार्यालयमा अनलाइन प्रणाली पूर्णरुपमा लागू गरिएको विभागले जनाएको छ ।

हरेक वर्ष २६ जनवरीका दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउँदै आइएको छ । यस वर्ष पनि भन्सारलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने नाराको मूल भावसहित मनाइएको हो ।

Leave A Reply

Your email address will not be published.