नेपालको जनसंख्या वृद्धिदर घट्यो, कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार

0

काठमाडौं : जनगणनाको प्रारम्भिक तथ्यांक २०७८ अनुसार नेपालको जनसंख्या वृद्धिदर घटेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार जनसंख्या वृद्धिदर घटेर ०.९३ प्रतिशतमा झरेको हो ।

२०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख थियो । प्रत्येक दशवर्षको अन्तरालमा गरिने जनगण अनुसार २०७८ मा जनसंख्या बढेर २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको हो । 

जुन अघिल्लो जनगणनाको तुलनामा २७ लाखले वृद्धि भएपनि जनसंख्या वृद्धिदर भने घटेको छ । विभागका अनुसार जनसंख्या वृद्धिदर विगत ८० वर्ष यताकै कम हो । अघिल्लो जनगणनामा जनसंख्या वृद्धिदर एक दशमलब तिनपाच प्रतिशत रहेकोमा यो वर्ष घटेर शुन्य दशमलब नौ तिन प्रतिशतमा झरेको छ ।

सार्वजनिक तथ्यांक अनुसार महिलाको संख्या पुरुषको तुलनामा ७ लाखभन्दा बढि देखिएको छ । १ करोड ४९ लाख १ हजार १६९ महिला र १ करोड ४२ लाख ९१ हजार ३११ पुरुष रहेको तथ्याङकमा उल्लेख छ । 

सबैभन्दा बढी जनसंख्या नेपालको संघीय राजधानी काठमाडौंमा र सबैभन्दा कम हिमाली जिल्ला मनाङमा बसोबास गर्ने देखिएको छ । 

काठमाडौंमा २० लाख १७ हजार र मनाङमा जम्मा ५ हजार ६४५ जना मात्र बसोबास गर्ने देखिएको छ । 

प्रदेशहरुमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा र सबैभन्दा कम जनसंख्या गण्डकी प्रदेशमा रहेको देखिएको छ । लुम्बिनीमा २४ लाख ७९ हजार ७ सय ४५ र गण्डकीमा ५१ लाख २४ हजार २ सय २५ जनसंख्या बसोबास गर्ने देखिएको छ । 

नगरहरुमा सबैभन्दा बढि काठमाडौं महानगरपालिकामा ८ लाख ६५ हजार ९०६ र सबैभन्दा कम ठूलीभेरी नगरपालिकामा १० हजार १८७ जनसंख्या बसोवास गर्ने देखिएको छ । 

त्यस्तै गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या बाँके जिल्लाको बैजनाथमा ७० हजार ३१५ र सबैभन्दा कम मनाङको नार्पा भूमी गाउँपालिकामा ४४२ बसोबास गर्ने पाइएको छ । जनघनत्व भने अधिल्लो जनगणनाको तुलनामा बढेको छ । 

अधिल्लो जनगणनामा १८० प्रतिवर्ग किलोमिटर जनघनत्व रहेकोमा यो वर्ष बढेर १९८ जना प्रतिवर्गकिलोमिटर पुगेको हो । तथ्यांक अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ रहेको छ ।

Leave A Reply

Your email address will not be published.