काेराेना बढेपछि ललितपुर महानगरपालिका ५ दिन बन्द

0


ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द भएको छ ।

महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले साेमबारदेखि ५ दिनका लागि महानगरपालिकाबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए ।

धेरैजसो कर्मचारीलाई सङ्क्रमण भएकाले आलोपालो सेवा दिने अवस्थासमेत नरहेकाले आजदेखि शुक्रवारसम्म महानगरपालिका बन्द गर्नु परेको उनले जानकारी दिए ।

महानगरबाट दिइने स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाइ  र नगरप्रहरीले दिने सेवा भने सञ्चालन हुनेछ । 

Leave A Reply

Your email address will not be published.