राष्ट्रियसभा निर्वाचन : मौन अवधि शुरु, सामाजिक सञ्जालमा समेत मत माग्न नपाइने

0

काठमाडौं : राष्ट्रियसभा निर्वाचनको मौन अवधि शुरु भएको छ । आइतबार राति १२ बजेबाट मौनअवधि शुरु भएको हो । निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आइतबार राति १२ बजेबाट मौनअवधि शुरु भएको जनाएको छ ।

मौनअवधि एउटा नैतिक बन्धन र कानूनी हतियार भएकोले आयोगले निर्वाचनको आचारसंहिता सार्वजनिक गरेको आयोगले जनाएको छ ।

मौन अवधिमा निर्वाचनको मतदान हुने तीन सय वरपरको स्थानमा भएका पर्चा, पम्प्लेट र पोस्टरहरु हटाइनुपर्ने आयोगले जनाएको छ ।

यस अवधिमा विभिन्न सामाजिक सञ्जालबाट प्रचारप्रसार एवं प्रकाशनका कामहरु गर्न पाइँदैन । मौन अवधिमा एसएमएस गर्ने, फेसबुकबाट, भाइबर, ट्वीटर इत्यादि सोसल मिडियाको प्रयोग गरेर प्रचारप्रसार गर्ने सबै बन्द गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभाको रिक्त हुन लागेको १९ पदमा निर्वाचन हुन लागेको हो ।

Leave A Reply

Your email address will not be published.