युक्रेनलाई लिएर बढ्दै गएको तनाव कम गर्न अमेरिका र रुस सहमत

0

एजेन्सी : अमेरिका र रुस युक्रेनलाई लिएर बढदै गएको तनाव कम गर्न थप वार्ता गर्न तयार भएका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभविच भएको वार्तामा अर्को साता थप छलफल गर्ने सहमति भएको हो ।

बैठकमा तनाव थप विस्तार नहोस् भनेर स्पष्ट कुराकानी भएको दुबै देशका नेताहरुले बताएका छन् । रुसले युक्रेनसँगको सीमा नजिक झण्डै एक लाखको हाराहारीमा आफ्ना सैनिक तैनाथ गरेको छ ।

रुसले युक्रेनमा सैन्य आक्रमणको तयारी गरेको अमेरिकी आरोप छ । तर रुसले सीमामा सैनिक तैनाथ गरिनु युक्रेनमाथि आक्रमणका लागि नरहेको दाबी गर्दै आएको छ ।

पश्चिमा राष्ट्रसँग युक्रेनलाई नेटोमा सामेल हुनबाट रोक्न रुसले माग गर्दै आएको छ । युक्रेनमाथि रुसले कुनै पनि प्रकारको सैन्य हमला गरेमा अमेरिकाले गम्भीर जवाफ दिने बताइसकेको छ ।

अमेरिका र उसका सहयोगीहरुले रुसले युक्रेनमाथि सैन्य गतिविधि गरेमा नयाँ प्रतिबन्ध लागु गर्ने चेतावनी दिइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.