काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली लागू

0

काठमाडौं : काठमाडौं उपत्यकामा शनिबारदेखि जोर नम्बरका सवारी साधन मात्रै सञ्चालनमा आएका छन् । कोरोना भाइरस तीब्र रुपमा फैलिएपछि उपत्यकाका तीनै जिल्लाका स्थानीय प्रशासनले यातायातका साधनमा जोरबिजोर लागू गरेका हुन् ।

राति १२ बजेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लाका स्थानीय प्रशासनले सबारी साधनमा जोर बिजोर प्रणाली लागू गरेका हुन् । शनिबार जोर गते भएकाले अन्तिममा बिजोर नम्बर भएका सवारी चल्न नपाउने प्रशासनले जनाएको छ ।

उपत्यकामा जोर नम्बर भएका सबारी मात्रै सञ्चालनमा रहेका छन् । अर्को आदेश नभएसम्म अब जोर गते जोर नम्बर भएका सवारी मात्रै र बिजोर गते बिजोर नम्बर भएका सवारी मात्रै सञ्चालन हुनेछन् । यो नियम निजी र सार्वजनिक यातायातका साधनमा लागू हुने प्रशासनको आदेशमा उल्लेख छ ।

दुई पांग्रे सबारी साधनसहित सबै सबारी साधनमा यो नियम लागू हुने प्रशासनले जनाएको छ । औषधि, स्वास्थ्य सामग्री, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ, पशुपंक्षीका दाना, अन्डा, फलफुल, खाद्यन्न, तरकारी, माछामासु बोकेका सवारी साधानमा भने जोरबिजोर लागू हुने छैन ।

त्यसैगरी सार्वजनिक गाडीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुलाई मास्क अनिवार्य गर्न, गाडीको ढोकामा र गाडीभित्र यात्रुले प्रयोग गर्ने गरी स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने नियम पनि लागू भएको छ ।

Leave A Reply

Your email address will not be published.