ब्राउन सुगर प्रयोग गरिरहेको अवस्थामा वडा अध्यक्ष सहित चार जना पक्राउ,

0

कोहलपुर , ३ माघ ,
लागुु औषध ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा जनप्रतिनिधि सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिकाका वडा नं. ३ का अध्यक्ष रामशरण थारु रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।

डिएसपी खनालका अनुसार वडाध्यक्ष थारुसहित अन्य तीनजना पनि पक्राउ परेका छन् । पक्राउ पर्ने अन्यमा सुरज थारु, ध्रुव थारु र सुन्दर थारु रहेका छन् । ब्राउनसुगर सेवन गरिरहेको अवस्थामा प्रहरी पुग्दा उनीहरुले लागूऔषध भुइँमा फालेका थिए । प्रहरी स्रोतले भन्यो, त्यसैले ब्राउनसुगरको मात्रा पहिचान हुन सकेको छैन । थप अनुसन्धान गरिरहेका छौं ।’ ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानमा वडाअध्यक्ष सहित चारै जना लागू औषध प्रयोगकर्ता रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका वडाध्यक्ष थारु स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Leave A Reply

Your email address will not be published.