उत्तर कोरियाद्वारा फेरि अर्को क्षेप्यास्त्र परीक्षण

0

एजेन्सी : उत्तर कोरियाले सोमबार फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । सोमबार विहानै ब्यालिस्टक क्षेप्यास्त्र परीक्षण गरेको जापानका तटीय सुरक्षा गार्डले जानकारी दिएका हुन् । 

यसअघि पनि उत्तरले प्रक्षेपण गरेको अज्ञात क्षेप्यास्त्र आफ्नो पूर्वी नजिक खसेको दक्षिण कोरियाले जनाएको छ । प्योङयाङले गरेको परीक्षण गरेको क्षेप्यास्त्र कुन किसिमको हो भन्ने खुलेको छैन । 

उसले शुक्रबार मात्रै दुई वटा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । अंग्रेजी नयाँ वर्ष सुरु लगत्तै उत्तर कोरियाले श्रंखलावद्ध रुपमा क्षेप्यास्त्र प्रक्षेपण गर्दै आएको छ । 

संयुक्त राष्ट्रसंघ र अमेरिकाले नाकाबन्दी लगाएपनि उत्तरले क्षेप्यास्त्र परीक्षण रोकेको छैन । उसले वार्ताका लागि प्रतिबन्ध हटाउनुपर्ने सर्त राख्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.