नाम र स्थायी राजधानी ताेकिएकाे खुसीयालीमा मधेस प्रदेशमा सार्वजनिक बिदा

0

‘मधेश प्रदेश’मा मंगलबार सार्वजनिक बिदा दिइएको छ । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेश सरकारले आज मंगलबार  प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको हो ।

साेमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सार्वजनिक बिदा दिने घोषणा गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए। नाम र राजधानी निश्चित गर्ने मधेश छैटौँ प्रदेश हो ।

प्रदेश-१ ले अझैं नाम टुङ्गो लगाउन सकेको छैन । यसअघि वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम टुङ्गो लागिसकेको छ । यी प्रदेशको नाम पुरानै दोहोरिएको र मधेश प्रदेशले मात्रै मौलिक नाम राखेको भन्दै चर्चा पनि भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.