मोदीको अभिव्यक्ति र नेपाल सरकारको मौनताप्रति विवेकशीलको आपत्ति 

0

काठमाडौं : विवेकशील साझा पार्टीले लिपुलेकबारे भारतीय प्रधानन्त्री नरेन्द्र मोदीको सार्वजनिक अभिव्यक्ति र यसबारे नेपालको सरकारको मौनताप्रति आपत्ति जनाएको छ । 

नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सार्वजनिक अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक एवम् रहस्यमय मौनताप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण जनाइएको हो । 

विवेकशीलका प्रवक्ता शरदराज पाठकले शुक्रबार जारी गरेको विज्ञप्तिमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक भएको त्यति नै आपत्तिजनक नेपाल सरकारको मौनता र लाचारी पनि रहेको उल्लेख गरिएको छ । 

नेपाली भू-भागमा छिमेकीको मनपरी देश प्रेमी कुनै पनि नागरिकलाई स्वीकार्य नभएको उल्लेख गर्दै प्रवक्ता शरदराज पाठकले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भूमिमा गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नुपर्ने दह्रो अडानसहित भारतसँग अविलम्ब कूटनीतिक संवाद अघि बढाउन विवेकशील साझा पार्टी सरकारलाई आग्रह गर्दछ ।’

Leave A Reply

Your email address will not be published.